• १२ असोज २०८१, शनिबार

देउवाद्वारा सत्ता हस्तान्तरण : बधाइ दिएर बाहिरिनुभयो

blog

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बधाइ दिनुहुँदै । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ११ गते । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्नुभएको छ । 

मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूलो दल बने पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न नसकेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । 

राष्ट्रपति भवनमा आज आयोजित शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएका देउवा धेरै समय भने राष्ट्रपति भवनमा रहनु भएन । 

जब दाहालले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभयो, त्यसपछि देउवाले दाहाललाई बधाइ ज्ञापन गर्नुभयो र प्रधानमन्त्री बस्ने कुर्सी खाली गरिदिनुभयो । त्यसपछि उहाँ राष्ट्रपति भवनबाट बाहिरिनु भएको छ । उहाँ नेकपा (माओवादी केन्द्र) लगायतको सहयोगमा २०७८ असार २९ गते प्रधानमन्त्री बन्नु भएको थियो ।