• १९ असार २०८१, बुधबार

डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ

blog

पविता पौडेल 

सैनामैना पौष ११  गते  । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ। उहाँलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी कमल थापाले सिआइबीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको बताउनुहुँदै भन्नुभयो, 'अबको काम जिल्ला प्रहरी कार्यालयले अघि बढाउनेछ ।' 

डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाएर पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोली खटिएको थियो । उहाँको निवासबाट ८ लाख ५० हजार रुपियाँ, नाैं लाख ५० हजार रुपियाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ । 

स्रोतका अनुसार नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उहाँले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा लिएको हो । 

उहाँ केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा हुनुभएको थियो । उहाँ सोमबार रमाना लिएर जाँदै गरेको बताइएको छ  । रमाना लिनु अघि नै उहाँ अनुसन्धान टोलीको नियन्त्रणमा पर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एपी रविन्द्र रेग्मीले डिएसपी केसी नियन्त्रणमा रहेको बताउनुभयो ।