• १२ असोज २०८१, शनिबार

चिकित्सक सङ्घको निर्वाचनको अन्तिम नामावली सार्वजनिक

blog

काठमाडौं, पुस १० गते । नेपाल चिकित्सक सङ्घले आसन्न निर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको  छ । 

सङ्घले पदाधिकारीका लागि २२ र सदस्यका लागि १४ गरी ३६ जना उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो । 

सङ्घको नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर ६ र ७  गते र उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ ।  

संघकाअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ६ सदस्यसहित पदको लागि मनोनयन दर्ता गराएका हुन् । 

अध्यक्ष पदका लागि डा. सन्तोष पौडेल, डा. अनिलविक्रम कार्की र डा. शिवजी विक्रम सिलवाल गरी तीनजनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षको लागि डा.बद्री रिजालको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्ष पदको लागि प्रदेश १ का प्रदेश संयोजकमा डा. विपेस आचार्य, मधेश प्रदेशका संयोजकका लागि डा.महेश महाशेठ, डा. निरजकुमार सिंह र डा. अजयकुमार मिश्राको उम्मेदवारी परेको छ । 

त्यसैगरी, सङ्घका अनुसार उपाध्यक्ष पदको बाग्मती प्रदेश संयोजकको लागि डा. सञ्जयकुमार ठाकुर र डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश संयोजकको लागि विकास गौचन र डा. राजन शर्माको उम्मेदवारी दर्ता गर्नुभएको छ ।  

उपाध्यक्षकै लागि लुम्बिनी प्रदेश संयोजक लागि डा. नन्दकुमारी गुरुङ, कर्णाली प्रदेश संयोजकका लागि डा. केशरबहादुर ढकालको उम्मेदवारी परेको छ । 

त्यसैगरी, उपाध्यक्ष पदको सुदूरपश्चिम प्रदेश संयोजकको लागि डा. निरज अर्याल, डा. प्रशान्त भट्टको उम्मेदवारी परेको सङ्घले जनाएको छ । 

त्यस्तै, महासचिवका लागि डा. रक्षा श्रेष्ठ, डा सञ्जीव तिवारी र डा. अमृत भुसालको उम्मेदवारी परेको छ ।  

कोषाध्यक्ष पदको लागि डा. प्रमोद जोशी, सहसचिव पदको लागि डा. लिजन महर्जन, सहकोषाध्यक्ष पदको लागि डा. विक्रान्त ढकालको उम्मेदवारी परेको छ ।

 छ जना सदस्य पदका लागि १४ जना चिकित्सकले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिनुभयो ।