• १३ असार २०८१, बिहिबार

ज्येष्ठ नागरिकको भोजन गराएर वार्षिकोत्सव मनाइयो

blog

ज्येष्ठ नागरिककाे भाेजन ।

काठमाडौं, पुस १० गते । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १५ औँ वार्षिकोत्सव मानव सेवा आश्रम कौसलटारमा मनाएको छ। भक्तपुरको कौसलटारमा अवस्थित मानव सेवा आश्रममा आश्रित ४३ जना ज्येष्ठ नागरिकहरूलाई भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरी वार्षिकोत्सव मनाएको हो।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठको बुवा स्वर्गीय तिलकबहादुर श्रेष्ठको २५ दिन अघि स्वर्गारोहण भएको कारणले वृद्धाश्रममा सो कार्यक्रम गरिएको  सो संस्थाका संरक्षक प्रकाशकुमार श्रेष्ठले बत्ताउनुभयो ।