• १२ वैशाख २०८१, बुधबार

भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

श्यामशंकर पाण्डे

लुम्बिनी, मङ्सिर १८ गते । रुपन्देही सदरमुकाम भैरहवामा आइतबारदेखि स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले हरायो । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । लामो समयदेखि रुपन्देही क्रिकेट सङ्घले सञ्चालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । 

यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको सङ्घका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मङ्सिर २४ गतेसम्म सञ्चालन हुनेछ ।