• ११ मंसिर २०८१, मङ्गलबार

आन्दोलनमा क्षति

blog

‘एक कदम अगाडि, दुई कदम पछाडि’ कम्युनिस्ट पार्टीको दर्शनभित्रको रणनीतिक योजनाको रूपमा रहेको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । निर्वाचनमा जानुअघिसम्म पानी बाराबारको स्थितिमा रहेका नेपालका कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई ‘आइस ब्रेक’ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएसंँगै मिलेर जान सकिने कुरामा सोच्नका लागि दिनुभएको समय अवसरका रूपमा लिन सकिन्छ । अहिलेसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा आउने स्थिति देखिएको छ । 

राजनीतिलाई सिद्धान्त, दर्शन, विचार र पद्धतिपूर्ण प्रणालीमा लैजाने र नेपालमा सरकारको स्थायित्व र विकासको बाटोमा अघि बढाउने हो भने अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीका बीचमा सहज रूपमा ‘एलाइन्स’, कार्यगत एकता वा सरकारमा साझेदारी गर्नका लागि पर्याप्त सम्भावना जीवित छन् । यसबाट नेपालको वामपन्थी प्रगतिशील शक्तिलाई एकताको बाटोमा लैजानका लागि दिशा निर्देश गर्ने मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाएर अघि बढ्नका लागि समेत दीर्घकालीन बाटो तय गर्नेछ ।

कम्युनिस्ट विचारधाराभित्र आजीवन सङ्घर्ष गर्ने तर जीवनको उत्तराद्र्धमा त्यही विचार आन्दोलनलाई क्षतविक्षत बनाएर जाने रहर कसैलाई हुँदैन, नहुनुपर्ने हो । काम गर्दा भएको कमीकमजोरीको निर्मम ढङ्गले समीक्षा गर्ने, आफूलाई व्यवहारमा सच्याउने र पार्टी सङ्गठनलाई गतिशील बनाउनका लागि प्रशिक्षित गर्दै अघि जाने हो भने आजको दिनमा पनि निर्वाचनको ‘वामपन्थी’ भन्नेहरूको अन्तिम मतपरिणाम एक ठाउंँमा राखेर जोड्दा ७० प्रतिशतभन्दा माथि छ । तर सधैँ फुटमा रमाए नेताहरू । 

नेपालको कम्युनिस्ट आन्दोलनभित्रको बारम्बार बल्झिने रोग फुट र विभाजनबाट आजित हँुदै जादा भविष्यमा नेपालको कम्युनिस्ट आन्दोलनले बेहोर्ने क्षतिको अनुमान गर्न सक्ने क्षमताका साथ नेपालका कम्युनिस्ट पार्टीका नेताहरू उठ्नु जरुरी छ । नेपालको देशभक्तिपूर्ण आन्दोलनलाई एकीकृत रूपमा पुर्नसङ्गठित गरी परिचालन गर्नसके मात्रै नेपालको संविधानले परिकल्पना गरेको समाजवादी अर्थव्यवस्था, प्रगतिशील सुधारका काम अघि बढाउन सकिन्छ । आउने नयाँं पुस्तालाई राजनीतिभन्दा पर स्वदेशमै काम गरी खाने वातावरण निर्माण भएको, बिरामी पर्दा नेपालमै सहज उपचार पाउने व्यवस्था, हरेक परिवारका बालबालिकाले सहज रूपमा जीवनोपयोगी शिक्षा, सम्मान, पहिचान र सुरक्षाबाहेक अर्को ठूलो परिकल्पना छैन । 

अबको बहस नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ ? नेपालको गरिब, भूमिहीन सर्वहारा श्रमजीवी वर्गको जीवन कसरी सहज बनाउन सकिन्छ । नेपालको राजनीतिक प्रणाली, शासन प्रशासन प्रणालीलाई कसरी जनमुखी बनाउन सकिन्छ, नेपालको निर्वाचन प्रणालीलाई एउटा गरिब सर्वहारा भूमिहीन वर्गमा जन्मेको युवालाई कसरी निर्वाचनमा उम्मेदवार बनाएर लान सकिन्छ भन्ने हिसाबले सोच्नु जरुरी छ । 

नेपालको कम्युनिस्ट आन्दोलनको शक्तिलाई विभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरूको उपयोगमार्पmत आफ्नो शक्ति सिर्जना गर्ने कामसमेत भइरहेको छ । नेपाली कांग्रेसका अधिकांश नेता संसारमा कम्युनिस्ट पार्टी उहिले समाप्त भइसकेको र नेपालमा कम्युनिस्ट पार्टीले दुईतिहाइको सरकारहरू सञ्चालन गर्न असक्षम भएपछि नेपालमा पनि कम्युनिस्ट पार्टीहरू समाप्तितिर अघि बढिरहेको बताइरहेका छन् । यो अवस्थामा विभाजित आन्दोलनलाई एकताबद्ध बनाएर लैजान नसक्ने हो भने आगामी केही दशकपछि यसको भविष्य के हुने हो यसै भन्न कठिन हुनेछ ।  

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको आठ दशकको सङ्घर्षशील यात्रा गौरवपूर्ण छ । यो अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनले विविध खालका आरोह अवरोह पार गर्दै अहिले नेपालको शासन प्रणालीको केन्द्रीय भागमा आइपुगेको छ । सङ्गठित शक्तिका बलमा लोकतान्त्रिक विधि र प्रणालीको अवलम्बन गर्दै जनताको जनादेश पाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनै तहमा सुविधाजनक बहुमतका साथ शासन प्रणालीको नेतृत्व लिने कुरा ऐतिहासिक थियो । तर यो उपलब्धि सही निचाडमा पुग्न सकेन । यो दुःखद पक्ष हो ।

नेपालमा अहिले पनि गरिब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो सङ्ख्या छ । असङ्गठित क्षेत्रमा कामगरी खाने सर्वहारा वर्गको हातमा उत्पादनका साधन छैनन् । उत्पादनका साधनमा उनीहरूको पहुँंच नहुँदा काम पाउँदा खाने र नपाउँदा भोकै सुत्नुपर्ने बाध्यता विद्यमान रहेको छ । कृषिमा काम गर्ने तर उनीहरूको हातमा खेती गर्नका लागि जमिन छैन । कृषि क्षेत्रमा आफ्नो नाममा जग्गा राख्ने तर खेतीमा हात नलगाउने सानो सङ्ख्यामा रहेका भूमिपतिहरूको हातमा खेतीयोग्य जमिनको ठूलो हिस्सा छ । 

फेरी पनि नेपाली कांग्रेसलाई बोकेर दुईचार जना मन्त्रीको गाडीमा झन्डा हल्लाएर विश्व विजेता भएको ठान्ने प्रवृत्ति छँदैछ । देशको परिस्थिति फरक छ । देशको अर्थतन्त्र कमजोर छ । नेपालका श्रमजीवी, सीमान्तीकृत किसान मजदुरहरू राज्यका सेवा सुविधाबाट टाढा छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकापसमा भिडाएर नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा धमिरा लाग्नेछ र अर्को पांँच वर्षपछिको निर्वाचनमा स्वतन्त्रजस्तै अन्य शक्तिको उदयले नेपालको वामपन्थी आन्दोलनलाई थप क्षतिबाहेक केही बांँकी रहने छैन । 

राजनीतिक दल तथा राजकीय सत्ताभित्रको भिन्नतालाई स्वीकार गर्ने, निर्वाचित भएपछि पार्टी नेता कार्यकर्ताभन्दा माथि उठेर आमजनताको प्रतिनिधि ठान्ने र सबै विचार, दर्शन र संरचनाको नेता बन्ने क्षमताको विकास आजको आवश्यकता हो । एक जनप्रतिनिधि तथा नेताको जीवन सधँै खुला र सार्वजनिक जीवन हो भन्ने कुराको बोध गर्ने र आमनागरिकले तिरेको करको हिसाब नागरिककै समृद्धिका लागि खर्च गर्ने प्रणाली स्थापना गरी नागरिकप्रति जवाफदेही र उत्तरदायी सरकार, प्रशासन तयार नभएसम्म हामीले जति लोकतन्त्रको गीत गाए पनि आमनागरिक जीवनमा परिवर्तनको कल्पना गर्न सकिँदैन भन्ने बोध सबैमा आउनु जरुरी छ । राजनीतिक दलमा विभाजन, बेमेल र विभाजनका शृङ्खलाहरूको समूल नष्ट नभएसम्म नेपालको लोकतन्त्र दिगो हुँदैन भन्ने कुराको बोध आवश्यक छ ।

अब एक पटक खुला बहस गराैँ, एक ठाउंँमा उभिएर सुदूरभविष्यतर्पm दृष्टि लगाऔँ, नेपालको लोकतान्त्रिक आन्दोलनलाई एउटा सबल, गतिशील बनाऔँ । आमनागरिकलाई सहज रूपमा सेवा र सुविधा प्रवाह गरौँ । भिन्नताको बीचमा एकरूपता खोज्ने प्रयास गर्दै नेपालको जनमतको सम्मान गर्दै फेरी एकपल्ट एक ठाउंँमा आउने अभ्यास र प्रयत्नले मुलुकको समृद्धि र राजनीतिक स्थिरताको बाटो तय गर्नेछ । नेपाली युवा जनमतको सम्मान गर्दै विदेशमा जोखिमपूर्ण श्रम गर्न बाध्य युवालाई नेपालमै श्रम गर्ने वातावरण सिर्जना गराैँ ।  यो प्रयासले नेपालको राष्ट्रिय स्वाधीनतालाई उँचो बनाउँदै नेपाली नागरिकलाई सम्मानित र मर्यादित जीवन बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नेछ ।