• २२ वैशाख २०८१, शनिबार

बाजुराको नन्देश्वरी मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित

blog

झडप हुँदा स्थगित भएको बाजुराको नन्देश्वरी माविमा रहेको मतदान केन्द्र । तस्बिर : शेरबहादुर सार्की,बाजुरा

शेरबहादुर सार्की

बाजुरा, मङसिर ४ गते । बाजुराको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।

मतदान गर्ने क्रममा विषय लिएर एमाले र काँग्रेस कार्यकर्ता बिच झडप भएपछि अहिले मतदान स्थगित भएको हो ।

अहिलेसम्म ११ महिला र १७ पुरुषले मात्रै मतदान गरेका छन् । ८ बजेबाट सुरु भएको मतदान केन्द्रमा झडपपछि माथिबाट ढुङ्गा प्रहार गरेपछि लाममा बसेका सबै मतदाताहरू भागाभाग भएका थिए ।

अर्को सूचना नभएसम्म अहिले मतदान कार्य स्थगित गरिएको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रले जनाएको छ ।