• ११ मंसिर २०८१, मङ्गलबार

‘घुमाउँदै धरान सहर’ म्युजिक भिडियो

blog

धरान, कात्तिक २८ गते । ‘बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान सहर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र सङ्गीत गायक योङ्याको नै रहेको छ। 

सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौँ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। मोडल रेखा लिम्बूसँगै योमन सोदेम्बा लिम्बू ,बादल चेम्जोङ, सुमन खेवासँगै गरिमा डान्स सेन्टरका कलाकारको समेत अभिनय देख्न पाइने म्युजिक भिडियोको निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाको रहेको छ।