• १२ साउन २०८१, शनिबार

इन्फोग्राफमा आयोगको आँकडा

चुनावी मैदान : भक्तपुरका दुई र ललितपुरका तीन क्षेत्रमा प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक १८ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुर र ललितपुर जिल्लामा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको भक्तपुर निर्वाचन क्षेत्र १, २ र ललितपुर निर्वाचन क्षेत्र नं. १, २ र ३ मा उम्मेदवारहरुबीच उच्च प्रतिस्पर्धा हुने भएको हो ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १
निर्वाचन आयोगले यस क्षेत्रमा १० राजनीतिक दल र चार स्वतन्त्र गरी १४ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १३ पुरुष र एक महिला उम्मेदवार रहेको आयोगले जनाएको छ ।

उम्मेदवारको समावेशी हेर्ने हो भने ५७.१४ प्रतिशत खस आर्य र ४२.८६ प्रतिशत आदिवासी–जनजाति छन् । ३७ मतदानस्थलभित्र ११५ मतदानकेन्द्रमा एक लाख दुई हजार ५२८ मतदाताले मतदान गर्नेछन् ।


भक्तपुर निर्वाचन क्षेत्र नं. २
त्यस्तै, ९१ हजार ९११ मतदाता रहेको यस क्षेत्रमा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १५ राजनीतिक दल र ११ स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ । उम्मेदवारको समावेशीअनुसार ५० प्रतिशत खस आर्य, ४६.१५ प्रतिशत आदिवासी–जनजाति र ३.८५ प्रतिशत दलित छन् । यस क्षेत्रमा ३९ मतदान स्थलभित्र १०७ मतदानकेन्द्र निर्धारण गरिएको छ ।


ललितपुर निर्वाचन क्षेत्र नं. १
कुल ७४ हजार ३९७ मतदाता रहेको यस क्षेत्रमा २१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । ११ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार गरी २१ जना उम्मेदवारबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको हो ।

उम्मेदवारमध्ये १८ पुरुष र तीन महिला छन् भने उम्मेदवारको समावेशीमा ५२.३८ प्रतिशत खस आर्य र ४७.६२ प्रतिशत आदिवासी र जनजाति छन् । त्यस्तै, यस क्षेत्रमा ५३ मतदानस्थल र ९२ मतदानकेन्द्र निर्धारण गरिएको छ ।


ललितपुर निर्वाचन क्षेत्र नं. २
कुल ८१ हजार ८९७ मतदाता रहेको यस क्षेत्रमा २२ जना उम्मेदवारबीच उच्च प्रतिस्पर्धा हुँदै छ । आगामी निर्वाचनका लागि १४ राजनीतिक दल र आठ स्वतन्त्र गरी २२ जना उम्मेदवार बनेका छन् । उम्मेदवारको समावेशी हेर्ने हो भने ६८.१८ प्रतिशत आदिवारी–जनजाति, २७.२७ प्रतिशत खस आर्य र ४.५५ प्रतिशत मधेशी छन् । आयोगले यस क्षेत्रमा ३९ मतदानस्थल र ९३ मतदानकेन्द्र निर्धारण गरेको छ ।


ललितपुर निर्वाचन क्षेत्र नं. ३
कुल ९४ हजार ११६ मतदाता रहेका यस क्षेत्रमा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । २० जना उम्मेदवारमध्ये १३ राजनीतिक दल र सात स्वतन्त्र छन् । जसमा १६ पुरुष र चार महिला उम्मेदवार छन् । उम्मेदवारको समावेशी हेर्दा ५५ प्रतिशत खस आर्य र ४५ प्रतिशत आदिवारी–जनजाति छन् । आयोगले यस क्षेत्रमा ३९ मतदानस्थल र १०५ मतदानकेन्द्र निर्धारण गरेको छ ।


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल