• १२ साउन २०८१, शनिबार

जनताका माग पूरा गर्न एमालेको सरकार आवश्यक : उपाध्यक्ष पौडेल

blog

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल । फाइल तस्बिर

रुपन्देही, कात्तिक १८ गते । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताका माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।

शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्नुहुँदै उपाध्यक्ष पौडेलले देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि निर्वाचनमा एमालेलाई जिताउन अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दि निश्चित सङ्ख्यामा घरदैलो अभियानमा सहभागी बनेको पौडेललको भनाइ छ ।

उहाँले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

‘‘निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई समेत ख्याल गर्दै निश्चित सङ्ख्यामा घरदैलो अभियानमा सहभागी बनेका छौँ । मतदाताको गुनलाई कहिल्यै बिर्सन सक्दैनौँ । हामीले विकासका आयोजनाहरु धेरै सञ्चालन गरेका छौँ । राजमार्ग चौडादेखि अन्य विकासका काम गरेका छौँ । भित्री सडकको कालोपत्रे र स्तरोन्नति गर्नेछौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘विकासको मार्गमा अघि बढाउन, जनताका, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि केन्द्रमा नेकपा एमालेको सरकार आवश्यक छ ।’’

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गर्नुभयो ।