• १६ वैशाख २०८१, आइतबार

देउसी भैलोबाट १० हजार डलर सङ्कलन

blog

अमेरिका, कात्तिक १७ गते । अमेरिकामा रहेका नेपालीहरुले देउसी भैलो खेलेर १० हजार डलर सङ्कलन गरेका छन् । 

तिहारका अवसरमा नर्थ क्यारोलिनास्थित नेपालीहरूको साझा संस्था नेपलिज कम्युनिटी इन नर्थ क्यारोलिना (एनसीएनसी ) ले नेपालीहरूको बाक्लो उपस्थिति रहेको मोरिसभिल, केरी र गार्नर आदि स्थानमा आयोजना गरेको सो देउसी तथा भैलो कार्यक्रममा करिब १० हजारभन्दा बढी डलर सङ्कलन गरिएको थियो । सङ्कलित सो रकम एनसीएनसीले करिब एक दशकदेखि सञ्चालनमा ल्याएको नेपाली भाषा कक्षाका लागि खर्च गरिने अध्यक्ष आरपी पौडेलले दिनुभयो । पौडेलका अनुसार, करिब एक सय ५० जना यहीँ जन्मेका वा नेपालमा जन्मेर अमेरिका आएका बालबालिकालाई नेपाली भाषा पठनपाठनका लागि आवश्यक कक्षाकोठा भाडामा लिनुपर्ने भएकोले सो रकम त्यसमै खर्च गरिनेछ । 

अध्यक्ष पौडेलले एनसीएनसीले करिब १२ वर्षदेखि यसरी नै देउसी भैलो खेल्दै आएको र यसबाट सङ्कलित रकम यस्तै उपयोगी काममा खर्च गरिएको जानकारी दिनुभयाे । नयाँ पुस्ताका लागि नेपाली संस्कृति र परम्परा कस्तो हुँदोरहेछ भन्ने कुराको जानकारी दिने भएकोले देउसी भैलो कार्यक्रम राखिएको संस्थाका पदाधिकारीले बताएका छन् । 


Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।