अमेरिकाको टेनेसी राज्यको एउटा चिडियाखानामा जन्मिएको जिराफको बच्चा देखेर सबैजना आश्चर्यचकित भएका छन् । सामान्यतया जिराफको शरीरमा धर्को अथवा थोप्लो हुन्छ तर यहाँ जन्मिएको जिराफमा एउटा पनि सेतो दाग नभएपछि सबैजना आश्चर्यमा परेका हुन् । गत जुलाई ३१ मा ब्राइट चिडियाखानामा जन्मिएको सो जिराफको रंग पूर्णतः खैरो छ । व्राइट चिडियाखानाले जारी गरेको प्रेस विज्ञप्तिमा जापानको टोकियोमा सन् १९७२ मा एउटा पनि दाग नभएको जिराफ जन्मिएको घटनापछि भएको यो पहिलोपटक हो ।
लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको सातौँ कृति ‘साइलेन्ट क्याभेट अफ टाइम’ अर्थात् ‘समयको मौन चेतावनी’ प्रकाशित भएको छ ।
गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक विशेष समारोहबिच मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गर्नुभयो ।
रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नुभएको छ ।
यही मंगलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले देउसी भैलो खेलेर १० हजार डलर सङ्कलन गरेका छन् ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।
रक्तदाता अर्जुनप्रसाद मैनालीले अफ्रिकी राष्ट्र घाना पुगेर २०४ औं पटक रक्तदान गर्नुभएको छ । नेपाली मूलका नागरिक मध्ये धेरै पटक रक्तदान गर्ने उहाँ पहिलो व्यक्ति मानिन्छ ।
अर्जुनप्रसाद मैनाली रक्तदाता हुनुहुन्छ । उहाँको रक्तदानको महिमा जति गाए पनि सकिँदैन ।