काठमाडौं, असोज २९ गते । सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने उल्लेख छ । उक्त भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी) ले गर्ने छ ।
त्यस्तै, कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय हुने हुने छ । प्रदेश १ र मधेश प्रदेश भेलाको समन्वय नेपाली कांग्रेसले गर्नेछ । कात्तिक ६ गते सुर्खेत र धनगढीमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वयले माओवादी केन्द्र र कांग्रेसले गर्नेछ भने कात्तिक ७ गते काठमाडौं बागमती प्रदेशको भेलाको समन्वय माओवादी केन्द्रले गर्ने छ ।
सातै प्रदेशमा हुने भेलाहरुमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागी हुनेछन् ।