• ३ जेठ २०८१, बिहिबार

पहिरोले मेची राजमार्ग अवरुद्ध

blog

मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अन्तर्गत फिदिम ४ मा गएको पहिरो पन्छाइँदै । तस्बिर : गोरखापत्र

राधा लुइँटेल 

फिदिम, असोज २६ गते । निरन्तरको वर्षासँगै गएको पहिरोले मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । 

मङ्गलबार राति गएको पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण पाँचथरवाट ताप्लेजुङ तथा ताप्लेजुङबाट पाँचथर र इलाम हुँदै झापा जाने सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउन फिदिम नगरपालिकाले बिहानैदेखि स्कावेटर परिचालन गरेको छ ।