• १३ साउन २०८१, आइतबार

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

blog

सिमकोट, असोज २५ गते । चार दिनदेखि  रक्तस्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।  खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमि सरिता बोहराले बताउनुभयो । 

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएकाे जनाइएको छ  ।