• १३ साउन २०८१, आइतबार

हत्या अभियोगमा ठाकुर पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २४ गते । काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुर छन् । ठाकुरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

ठाकुरले काठमाडौं महानगरपालिका–१९ रामघाट बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलीप आदकको हत्या गरेको अभियोग छ । आदककै कोठामा असोज १९ गते बिहान शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दा आदकसँगै बस्दै आएका ठाकुरले हत्या गरेको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्यापछि शव कपडाले छोपेर कोठामा ताल्चा लगाएर फरार भएको खुलेको थियो । कोठाबाट सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद चार लाख १९ हजार रुपियाँसमेत प्रहरीले फेला परेको छ ।  

यस्तै, काठमाडौं महानगरपालिका–१५ कारखाना चोक नजिक सडक पेटीमा हाल नाम थर वतन नखुलेका करिब ३६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।