• १३ साउन २०८१, आइतबार

भरूवा बन्दुकसहित दुई प्रकाउ

blog

गणेश खनाल

अर्घाखाँची, असोज १२ गते । भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय परशुराम खनाललाई पक्राउ गरेको हो ।

भरुवा बन्दुक साथमा लिई हिँडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

उहाँहरूको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको उहाँले बताउनुभयो। दुवै जनालाई हातहतियार खरखजानाको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।