• ८ वैशाख २०८१, शनिबार

थन्किए विद्युतीय बस

अविलम्ब चलाउन गृहमन्त्रीको निर्देशन

blog

लुम्बिनी, असोज १२ गते । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुुभएको छ । 

विश्व पर्यटन दिवसका अवसरमा लुुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा उहाँले अनुदानमा आएका बस सञ्चालन गर्न नसक्ने भए कोषलाई सक्दिनँ भन्नसमेत सुझाव दिनुभयो । 

“कोषले सञ्चालन गर्न नसक्ने भए सक्दिनँ भन्नुु प¥यो, अन्यथा अविलम्ब सञ्चालन गर्नु प¥यो,” मन्त्री खाणले भन्नुभयो, “पर्यटकको सुविधाका लागि बस अविलम्ब चलाउनुु प¥यो, हैन भने सक्दिनँ भनेर हात उठाउनुु प¥यो ।” 

विद्युतीय सवारीसाधनबाट पर्यटकलाई सुविधा दिने हो, त्यत्तिकै थन्क्याएर कवाडी बनाउने होइन भन्दै उहाँले बस सञ्चालनमा कुनै नीतिगत समस्या भए अन्तरमन्त्रालयबाट सहजीकरण गर्न सकिने धारणा पनि राख्नुभयो । उहाँले विकास कोष, पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी तथा सरोकारवालासँग विद्युुतीय बस सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे समन्वयात्मक बैठक राखी बस सञ्चालनमा समस्या भए त्यसको जानकारी २४ घण्टाभित्र गराउनसमेत निर्देशन दिनुभयो । 

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिँदै गृहमन्त्री खाणले लुम्बिनीमा आउने पर्यटकलाई सहज यात्रा, प्रदूषण नियन्त्रण मात्र नभई विद्युतीय गाडी सञ्चालनमा आएपछि विदेशी मुद्रा सञ्चितिसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

हाल पेट्रोलियम पदार्थको आयात उच्च रहेको र त्यसको खपत घटाउन तथा वातावरण संरक्षणका लागि विद्युतीय बसहरू वरदान साबित हुने चर्चा गर्दै उहाँले नेपालको व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुुपर्नेमा जोड दिनुभयो । पर्यटक प्रवद्र्धनका लागि अधिकतम सेवा, सत्कार तथा सुविधा दिनुपर्नेमा जोड दिँदै उहाँले पर्यटक तथा पर्यटन क्षेत्रको शान्तिसुरक्षामा कुनै कमी आउन नदिने बताउनुुभयो । बेलहिया नाका विदेशी पर्यटक नेपाल भित्रिने मुख्य मार्ग भएकाले सो नाकालाई थप व्यवस्थित गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । 

“यस नाकाबाट आउने पर्यटकले कुनै प्रकारको समस्या भोग्नुु नपर्ने गरी शान्तिसुरक्षालगायतको व्यवस्था मिलाउनुपर्छ,” मन्त्री खाणले थप्नुभयो, “नेपालका रमणीय स्थानहरू भ्रमण गरी रमाइलो गर्न आउनेलाई स्वागत र सत्कार गर्नुपर्छ ।” 

बेलहिया नाका सबैभन्दा बढी पर्यटक भित्रिने नेपालको स्थलमार्ग हो । बेलहियामा अध्यागमन, भन्सार कार्यालय, पर्यटक सूचना केन्द्र, बाटोलगायतका पूर्वाधार अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने आवश्यकता औँल्याइएको छ । 

भारतबाट स्थल मार्ग हँुदै नेपाल प्रवेश गर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने पर्यटकलाई लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूमा सहज ढङ्गले घुमघामका लागि विद्युुतीय बसहरू प्रयोगमा ल्याउनुुपर्ने भनाइ सम्बद्ध अधिकारीको छ । करिब १२ करोड मूल्यका पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडीबीले तीन वर्षअघि नै कोषलाई उपलब्ध गराएको थियो । यी सबै सवारीसाधन सञ्चालनमा नआउँदा कोष परिसरमा थन्किएका छन् । 

विद्युतीय सवारी चार्ज गर्न दुुई वर्षअघि नै सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसनसमेत बनाइएको छ । बस सञ्चालन नहुँदा अनुदानकै १४ करोड रुपियाँ लागतमा निर्माण गरिएको उक्त प्लान्टबाट ५४ लाख मूल्यको विद्युत्समेत खेर गइरहेको छ । 

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडीबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानस्वरूप बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदा स्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको एडीबीले जनाएको छ ।