• १२ मंसिर २०८१, बुधबार

आचारसंहिताबारे छलफल आज

blog

काठमाडौँ, असोज ९ गते । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धमा दलहरूसँग अन्तक्र्रिया गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ।” प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने÷नआउनेसम्बन्धमा सुनिश्चित भइसकेको छैन। आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। तर त्यसअघि दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको बताइएको छ।