• १२ मंसिर २०८१, बुधबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

blog

फाइल तस्बिर

काठमाडौं, असोज ७ गते । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताबीच आगामी निर्वाचन सम्बन्धमा छलफल भइरहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनका शीर्षस्थ नेताबीच निरन्तर सहमतिको प्रयास निरन्तर जारी छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुभएको जनाइएको छ। 

हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये ८० प्रतिशतमा सहमति जुटेको गठबन्धनले जनाएको छ।