• १३ साउन २०८१, आइतबार

विद्यार्थीलाई कम्बल सहयोग

blog

प्रअ शाहीलाई कम्बल हस्तान्तरण गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, भदौ २९ गते । ५८औँ बाल दिवसको अवसरमा हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कम्बल सहयोग गरिएको छ । छात्रावासमा बस्दैआएका विद्यार्थीलाई कपडाको समस्या भएको पाइएपछि सिमकोट गाउँपालिकाले कम्बल सहयोग गरेको हो । 

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले मानसरोवर माध्यमिक विद्यालय अन्तर्गतको हिमाली छात्रावासमा अध्ययन गर्ने पचास जना विद्यार्थीमध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग गरिएको जानकारी दिनुभयो । अध्यक्ष भण्डारी र उपाध्यक्ष सुशीला रोकायाले विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीलाई ती कम्बल हस्तान्तरण गर्नुभएको थियो । 

केही दिनअघि गाउँपालिकाका जनप्रतिनिधिहरू अनुगमन गर्न जाने क्रममा छात्रावासमा बस्ने विद्यार्थीलाई कपडाको समस्या भएको बताएको थियो । गाउँपालिकासँग कम्बल मौज्दात रहेकाले छात्रावासलाई सहयोग गरिएको बताउनुभयो । बाँकी २५ जना विद्यार्थीलाई पनि चाँडै कम्बल उपलब्ध गराउने प्रतिबद्ध जनाउनुभयो ।