• १५ वैशाख २०८१, शनिबार

एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध

blog

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सुले शिष्टाचार भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल भयो । परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय प्रतिनिधिमण्डलबीच दुई देशीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, नेपाली विद्यार्थीलाई चीन फिर्ता पठाउने, हवाई उडान पुनः सुरु गर्ने र बन्द रहेका नाका खुलाउनेलगायतका विषयमा छलफल भएको थियो । 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले  नेपाल र चीन असल छिमेकी र एक अर्काका शुभचिन्तक रहेको बताउँदै नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ भन्नुभयो ।  प्रधानमन्त्री देउवाले चीनका राष्ट्रपति सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङलाई शुभकामना व्यक्त गर्दै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “चीन नेपालको असल छिमेकी राष्ट्र, राम्रो साथी र महìवपूर्ण सहयोगी साझेदार राष्ट्र हो, यसको महत्वलाई हामीले आत्मसात् गरेका छौँ ।” प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच प्राचीनकालदेखि नै मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्ध विशिष्ट र महत्वपूर्ण रहेको बताउनुभयो ।  भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीबीच सोमबार भएको सहमति र सम्झौता महìवपूर्ण रहेको बताउनुभयो । यस्ता सहमति र सम्झौताले नेपालको संसदीय व्यवस्थामा थप बल पुग्ने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो ।

उहाँले चीनको सिचुवान प्रान्तमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र मृतक परिवारप्रति समवेदना व्यक्त गर्नुभयो भेटवार्ताका क्रममा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष लीले चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना व्यक्त गर्नुभयो । 

अध्यक्ष लीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति चीन सधैँ प्रतिबद्ध भएको बताउनुभयो । उहाँले नेपालका तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति बीपी कोइराला तथा चीनका नेता माओ त्से–तुङबीचको सन् १९६० को भेटवार्ता ऐतिहासिक र महìवपूर्ण रहेको स्मरण गर्दै उक्त भेटघाट दुई देशबीचको कूटनीतिक सम्बन्धका लागि कोसेढुङ्गा रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षको अवधिमा दुई देशबीच असल र प्रगाढ सम्बन्ध रहेको बताउँदै नेपाल र चीनबीच द्विपक्षीय सहयोगका लागि चीन सधैँ तत्पर छ भन्नुभयो ।

साथै उहाँले महत्वपूर्ण पूर्वाधार विकासमा नेपाल र चीनबीच भइरहेको सहयोग आदानप्रदान महìवपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।  चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा नेपालका तर्फबाट प्रधानमन्त्री देउवाले व्यक्त गरेको सहानुभूतिप्रति अध्यक्ष लीले चीनका नागरिकका तर्फबाट आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच मङ्गलबार होटल सोल्टीमा औपचारिक भेटवार्ता भएको थियो ।