• ७ जेठ २०८१, सोमबार

बेलायती दूतावासकाे शाेक पुस्तिकामा प्रमकाे हस्ताक्षर

बेलायती महारानीको निधनप्रति गहिराे दुःख व्यक्त

blog

बेलायती दूतावासकाे शाेक पुस्तिकामा प्रमद्वारा हस्ताक्षर गर्नुहुँदै, तस्विर– प्रमको निजी सचिवालय

काठमाडौं, भदौ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुः ख व्यक्त गर्नुभएको छ ।

शनिबार बिहान लैचचाैरस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

बेलायतमा सबैभन्दा लामो ७० वर्ष राजकाज सम्हाल्नुभएका महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।


यसअघि ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजावेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मान जस्ता गुणहरु रहेका कारण नेपाली जनताले महारानीलाई मायापूर्वक सम्झन्छन्, भन्नुभएको थियो ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’

रानी एलिजावेथ द्वितीयाले सन् १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गर्नुभएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार नै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।