• २३ असार २०८१, आइतबार

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

blog

मुगु, भदौ २३ गते । कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताउनुभयो । जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई  यसअघि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको उहाँको भनाइ छ । 

घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, मुगु मकार्मा रोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालगायत सहभागी थिए ।