• १२ वैशाख २०८१, बुधबार

२३० जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

blog

काठमाडौं, भदौ २२ गते । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०५  छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।