• २८ वैशाख २०८२, आइतबार

टुँडिखेलमा गौरा पर्वको रौनक (फोटो फिचर)

blog

गौरा पर्वको अवसरमा टुँडिखेलमा अयोजित विशेष कार्यक्रममा सहभागी गौरा नचाउँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ १८ गते। सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व राजधानीको टुँडिखेलमा मनाइएको छ। हरेक वर्षजस्तै शनिबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन्।

परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्वले सुदूरपश्चिम प्रदेशको विशिष्ठ पहिचानका रुपमा परिचित छ। गौरा पर्वको ऐतिहासिक एवं पौराणिक महत्त्व बोकेको छ। मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरापर्व सुरुसुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौंमासमेत विशेष रुपमा मनाउन थालिएको हो। 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।