• २२ असार २०८१, शनिबार

मौलिकता झल्कने देउडामा आकर्षण

blog

हुम्ला समाचारदाता

हुम्ला भदौ १७ गते । दुई दिनदेखि चलेको मौलिकता झल्कने देउडा प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा खाद्यक मष्टो महिला समूह पहिलो भएको छ। देउडा संस्कृति जोगाउन स्थानीय वेशभूषा र पहिरनमा आयोजना गरिएको प्रतियोगितामा प्रतिस्पर्धीलाई पछि पार्दै उक्त समूह पहिलो भएको हो। दोस्रो तीनधारे पामवाडा समूह भएको थियो भने तृतीयमा महिला सांस्कृतिक जागरण समूह भएको थियो। त्यसैगरी ठेहे महिला समूह भएको थियो। प्रतियोगितामा महिला तथा आमाछोरी समूह गरी २३ वटा समूहको सहभागिता रहेको थियो। विजेता समूहलाई स्थानीय वेशभूषाका पहिरन प्रदान गरिएको थियो। केही समय अगाडिसम्म तीनै कपडा लगाएर देउडा गाउने गरिन्थ्यो। अब त्यसको संरक्षण गर्नका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।