• १५ वैशाख २०८१, शनिबार

मैनालीले गरे २०४ औं पटक रक्तदान

blog

अमेरिका, भदौ १३ गते । रक्तदाता अर्जुनप्रसाद मैनालीले अफ्रिकी राष्ट्र घाना पुगेर २०४ औं पटक रक्तदान गर्नुभएको छ । नेपाली मूलका नागरिक मध्ये धेरै पटक रक्तदान गर्ने उहाँ पहिलो व्यक्ति मानिन्छ । 

करिब दुई दशकदेखि अमेरिका बस्दै आउनुभएका मैनालीले शनिवार घानाको राष्ट्रिय रक्तदान केन्द्रमा पुगेर रक्तदान गर्नुभएको हो । मैनालीले हालसम्म छ वटा महादेशका नेपालसहित २० वटा मुलुकमा रक्तदान गरिसक्नु भएको बताउनु भएको छ ।

गैरआवासीय नेपाली संघ, घानाको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँको राष्ट्रिय रक्तदान केन्द्रमा पुगेर मैनालीले २०४ औँ पटक रक्तदान गर्र्नुभएको हो । सो कार्यक्रममा उपस्थित एक सय जनामध्ये उहाँलगायत ३३ जनाले रक्तदान गरेका थिए । उहाँले हालसम्म करिब छ सय ९० जनाको जीवन बचाउन मद्दत गरिसक्नु भएको उहाँको दावी छ । उहाँले १९ वर्षको उमेरदेखि रक्तदान गर्दै आउनु छ । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।