• १४ असार २०८१, शुक्रबार

कैलालीको दुई स्थानमा शङ्कास्पद् वस्तु फेला

blog

धनगढी, भदौ ७ गते । कैलालीको दुई स्थानमा आज विहान शङ्कास्पद् वस्तु फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया चौकस्थित धनगढी–अत्तरिया बाटोमा र सोही नगरपालिकाको वडा नम्बर ६ स्थित आवास नगरको गेट नजिक शङ्कास्पद् वस्तु फेला परेको हो । 

धनगढी–अत्तरिया बाटोमा सेतो प्लाष्टिकमा बेरेर राखेको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । सो स्थानमा प्रहरी निरीक्षक वासुदेव भट्टको कमाण्डमा सात जना प्रहरी खटाइएको र नेपाली सेनासंग समन्वय भइरहेको जनाइएको छ । 

यसैगरी, आवास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने शङ्कास्पद् वस्तु फेला परेको छ । सो स्थानमा प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा तीन जना प्रहरी खटेको जोशीले जानकारी दिनुभयो । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनासंग समन्वय भइरहेको उहाँले जनाउनुभयो । 

विप्लव नेतृत्वसहितको गरी केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । यद्यपि, ती शङ्कास्पद् वस्तु कसले राखेको हो भन्ने पुष्टि भएको छैन । 

Author

अविनाश चौधरी