• २५ मंसिर २०८१, मङ्गलबार

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन

blog

तस्बिर : धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक ।

काठमाडौं, साउन ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनकै नेतृत्वमा संसदीय समिति पनि गठन गरिएको उहाँले बताउनुभयो ।


उहाँले निर्वाचन घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशकाे संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सह–प्राध्यापक हेमराज कार्कीसहितको समिति गठन गरिएको उल्लेख गर्नुभयो । निर्वाचनमा राजनीतिक दलसँग गठबन्धन, चुनावी तालमेल र सहकार्यको आवश्यक निर्णय र पहलकदमी लिने जिम्मा अध्यक्ष लिङ्देनलाई प्रदान गरेको छ ।

राप्रपा बैठकले सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने घोषणा स्वागत योग्य रहेको र निर्वाचन भयरहित एवम् धाँधलीरहित ढङ्गबाट सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।