• ८ वैशाख २०८१, शनिबार

'लाल सिंह चड्ढा' काे व्यापार २० प्रतिशतले बढ्याे

blog

काठमाडौं, साउन २९ गते । आमिर खान अभिनित 'लाल सिंह चड्ढा' को रिलिजको तेस्रो दिन बक्स अफिस कलेक्सनमा सामान्य वृद्धि भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन (शुक्रबार)को तुलनामा ‘लालसिंह चड्डा’को कारोबारमा २० प्रतिशत वृद्धि भएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार (भारु) १८० करोडको बजेटमा बनेको ‘लाल सिंह चड्डा’ ले तेस्रो दिन करिब (भारु) ८.७५ करोडको व्यापार गरेको छ । 

यसअघि फिल्मले दोस्रो दिन ७.२६ करोड र पहिलो दिन ११.७ करोड कलेक्सन गरेको थियो । यस अनुसार फिल्मले भारतबाट तीन दिनमा अहिलेसम्म २७ करोड ७१ लाखको बक्स अफिस कलेक्सन गरेको छ ।