• १३ वैशाख २०८१, बिहिबार

हलिउड अभिनेत्री एनी हेचेको निधन

blog

हलिउड अभिनेत्री एनी हेचे ।

काठमाडौं, साउन २९ गते । हलिउड अभिनेत्री एनी हेचेको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हेचेको उपचारको क्रममा क्यालिफोर्नियाको एक अस्पतालमा निधन भएको हो । 

कार दुर्घटनमा गम्भीर घाइते भएकी ५३ वर्षकी अभिनेत्री एनीलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँ कोममा गएकाे अस्पतालले जनाएकाे छ । लस एन्जलसस्थित आफ्नो घर नजिक भएको कार दुर्घटनामा एनी गम्भीर घाइते भएकी थिइन् । 

सन् १९९७ मा रिलिज भएको फिल्म ‘डोनी ब्रास्को’, ‘आइ नो ह्वाट यू डिड लास्ट समर’का उहाँका चर्चित फिल्म हुन् ।