• १८ असार २०८१, मङ्गलबार

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २९ गते । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकले बीमा विधेयक, २०७९ बहुमतले पारित भएको हो ।  

प्रतिनिधि सभा बैठक जारी छ । हाल अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भइरहेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो ।  सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची छ ।