• ७ जेठ २०८१, सोमबार

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

blog

काठमाडौं, साउन २१ गते । मनसुनी प्रणाली थप सक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिनभर पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

यता धनकुटा मुलघाटस्थित तमोर नदीमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा विहान ७ः३० बजेसम्म पानीको बहाव सात मिटर माथि पुगेको छ । महाशाखाले सप्तकोशी नदी चतरा, सुनकोसी, अरूण नदीमा पनि जलसतह बढ्दो रहेको जनाएको छ । चतरामा सतह सतर्कता आसपास पुग्न लागेको छ भने उदयपुर तर्फ थप कटान हुन सक्ने, उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै थप उच्च  सतर्कता अपनाउन अनुरोध गरेको छ ।