• ८ असार २०८१, शनिबार

सुदूरपश्चिम र बानालाई भलिबल उपाधि

blog

महिलातर्फ उपाधि विजेता बाना टोली । तस्बिर : सौजन्य राखेप

काठमाडौं, साउन ९ गते । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा पुरुषतर्फ सुदूरपश्चिमले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा हरायो ।

सुदूरपश्चिमल २५–२३, २२–२५, २५–१२,२५–१७ ले विजयी भयो । महिलाको फाइनलमा बानाले म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको बानाले प्रतिस्पर्धात्मक जित निकालेको हो । प्रतियोगिताको पुरुषमा सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट र महिलामा रमिला तण्डुकार सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।

पुरुषतर्फ उपाधि विजेता टोलीले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर र उपविजेताले तीन हजार तीन सय ३३ अमेरिकी डलर पुरस्कार पायो । महिलातर्फ च्याम्पियन  बानाले एक हजार एक सय ११ अमेरिकी डलर र उपविजेता म्याग्दीले पाँच सय ५५ डलर पायो ।

दुई दिने प्रतियोगितामा महिलामा चार र पुरुषमा १८ टोलीले भाग लिएका थिए । विजेतालाई नेपाली राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल, विधान सभा सदस्य डा. ह्यारी भण्डारी, महाबाणिज्यदूत प्रेमराजा महत लगायतले पुरस्कार प्रदान गर्नुभयो ।