• २४ चैत २०८२, मङ्गलबार

राजविराज–सखडा सडक मर्मत माग्दै दुई दिनदेखि चक्काजाम

blog

कालोपत्रे गर्नुपर्ने माग राख्दै अवरुद्ध पारिएको राजविराज–सखडा सडक । तस्बिर/विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २४ गते ।
राजविराज–सखडा जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियहरुले दुई दिनदेखि सडक अवरुद्ध पारेका छन् ।

मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज–सखडा सडक जीर्ण अवस्थामा पुगेकोले कालोपत्रे गनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

आइतबार बिहानबाट सो सडक खण्डको विष्णुपुर गाउँपालिका क्षेत्रमा बिच सडकमै ढाट, डोजर तथा टिप्पर तेर्स्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन् । सोमबार पनि सडक जामलाई स्थानीयले निरन्तरता दिएका छन् ।

राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने १२ किलो मिटर सडकको केही भागमा कालोपत्रे भए पनि बाँकी धेरै भागमा कालोपत्रे हुन सकेको छैन जसकारण सुख्खायाममा धुलो र वर्षायाममा हिलोले स्थानीयवासी पीडित हुँदै आएको स्थानीय सिद्धार्थ साहले बताउनुभयो । उक्त सडक खण्डमा झण्डै ७ किलोमिटर सडक कालोपत्रे हुन अझै बाँकी छ ।

लामो समयदेखि जीर्ण सडकको मर्मत तथा कालोपत्रे कार्यमा ढिलाइ भइरहेकोले बाध्य भएर चक्काजाम गर्नु परेको स्थानीय मुन्ना शर्माको भनाइ छ ।

टिप्पर र डोजरबिच सडकमै तेस्र्याएर राखिएपछि दुबै तर्फको सवारी साधन रोकिएर यात्रुको वियोग भएको छ । उक्त सडक निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीले पनि कछुवा गतिमा काम गरिरहेको भन्दै अविलम्ब सडक स्तरोन्नतीको कार्यलाई गति प्रदान गर्न माग गरेका छन् ।