• ५ असोज २०८१, शनिबार

स्वास्थ्य बीमामा देखिएको समस्या तत्काल समाधान गर्न सांसद सङ्ग्रौलाको माग

blog

फाइल तस्बिर

काठमाडौं, साउन ८ गते । नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौला (पन्त)ले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरेको बताउनुभयो ।

उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको उहाँको भनाइ छ ।
सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले कोभिडविरुद्धको खोप अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । साथै विश्वमा मङ्किपक्सको सङ्क्रमण पनि बढिरहेकाले नेपाल यसतर्फ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।