• २८ पुस २०८१, आइतबार

नागरिकताको वाचा पूरा भयो : अध्यक्ष दाहाल

blog

जनार्जन खत्री

सर्लाही, साउन ७ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकताका सम्वन्धमा सरकारले नागरिकसमक्ष गरेको वाचा पूरा गरेको बताउनुभएको छ । 

शनिबार सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभयो । तराई मधेशको नागरिकतासम्वन्धी समस्या सम्वोधन गर्ने प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक ल्याएर  सरकारले बाचा पूरा गरेको उहाँले बताउनुभयो । 

छ लाख बढी युवा नागरिकताविहीन रहेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हमपट्टी लगाउने काम गरेको उहाँले चर्चा गर्नुभयो । माओवादी अध्यक्ष दाहालले आउने मङ्सिर पहिलो हप्तामा प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा हुने तयारी भएको पनि बताउनुभयो । 

राष्ट्रियता स्वाधीनता, राजनीतिक स्थिरता, विकास र समृद्धिका निम्ति छिमेकी दुई मुलुक भारत र चिीसँग सन्तुलित र राम्रो सम्वन्ध कायम राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्वोधन गर्नुभएको थियो ।