• १३ साउन २०८१, आइतबार

महिलाको शव फेला

blog

राजु लामिछाने

रुकुम पश्चिम, साउन ७ गते । रुकुम पश्चिममा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका १ गिलबाङ निपानेमा पहिचान नखुलेका अन्दाजी ३५ देखि ४० वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार महिलाको शव सडेर चिन्न नसकिने भएको छ । शुक्रबार बेलुका गिलबाङको एक पुरानो गोठमा शव कुहिएको अवस्थामा रहेको भनि स्थानीयले खबर गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।  अहिले शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी सोतीले बताउनुभयो ।