कविराज घिमिरे
हिले, फागुन २५ गते । धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ नेकपा (एमाले) ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
अन्तिम परिणामअनुसार १६ हजार ५ सय ६७ मत प्राप्त गरेको छ । यस्तै १४ हजार ६ सय ७९ मतसहित रास्वपा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा श्रम संस्कृति पार्टी रहेको छ । सो पार्टीले १३ हजार ९ सय ६० मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेस चौथो स्थानमा पुगेको छ । काँग्रेसले ८ हजार ६ सय ५१ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले १ हजार ६ सय ३४ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार २ सय ५ मत र जनता समाजवादी नेपाल १ हजार ३६ मतसहित क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् । अन्य दलले हजारभन्दा कम मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार धनकुटामा ५७ वटा दलले मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरीशचन्द्र इङनामले जानकारी दिनुभयो । त्यस्तै ३९ दलले एकसय मत समेत कटाउन सकेनन् ।
धनकुटामा कुल १ लाख २० हजार ६४ समानुपातिक मतदाता रहेकोमा ६४ हजार ८ सय ८६ मत खसेको थियो । जसमा ३ हजार ५ सय ९५ बदर हुँदा ६१ हजार २ सय ९२ मत सदर भएको थियो ।
प्रत्यक्षतर्फ नेकपा (एमाले) का राजेन्द्र राई १८ हजार एकसय ३२ मतसहित विजयी हुनु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार नौ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले नौ हजार नौसय ४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।