• १५ असार २०८१, शनिबार

असंलग्न परराष्ट्र नीतिप्रति दृढ

blog

काठमाडौँ, साउन ५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको बताउनुभएको छ । उहाँले असंलग्न परराष्ट्र नीति नै मुलुकको हितमा रहेको स्पष्ट पार्नुभयो । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित ‘नेपाल–रुस सम्बन्धः विगत र वर्तमान’ विषयक कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सन् १९५६ जुलाई २० का दिन तत्कालीन राजा महेन्द्रको पालामा नेपाल र तत्कालीन सोभियत सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

रुसका लागि प्रस्तावित नेपाली राजदूत मिलन तुलाधरले नेपाल असंलग्न परराष्ट्र नीति अङ्गिकार गरेको मुलुक हो भन्ने तथ्य संवैधानिक रूपमा स्थापित भइसकेको बताउँदै उहाँले नेपालले असंलग्न परराष्ट्र नीतिलाई अक्षुण राखेको अवस्थामा मात्र यहाँको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । 

उहाँले रुसले अघि सारेको युरेसियाको अवधारणाबाट नेपालले फाइदा लिनुपर्ने बताउँदै यसका लागि आफूले राजदूतको रूपमा ठोस रूपमा काम गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।