• १२ असोज २०८१, शनिबार

ज्येष्ठ नागरिकको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

blog

फाइल तस्बिर

काठमाडौं, साउन ४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो ।

जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अपहेलित ज्येष्ठ नारिकलाई हेर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरुको सम्पत्ति पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताउनुभयो ।

विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिकलाई कसैले दुर्व्यवहार गर्न नपाउन् भन्ने किसिमको व्यवस्था गरिएको बताउनुभयो ।