शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १९ गते । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार विद्युत सर्ट भएर मंगलबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा दाउरा थकाली पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
ललितपुर र काठमाडौँ महानगरका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीमा मानवीय क्षति नभए पनि अन्य क्षतिको विवरण संकलन भइरहेको छ ।
