• १८ फागुन २०८२, सोमबार

सुनचाँदीको मूल्य बढ्यो

blog

काठमाडौँ, फागुन १८ गते । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला छ हजार २० मा खरिदबिक्री हुने छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।