विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका-१, बैरवामा आगलागी हुँदा तीन घर सहित लाखौंको क्षति भएको छ ।
स्थानीय इसलाम मंसुरी, इनुस मंसुरी र खुदरत मंसुरीको घर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको हो । आइतबार इसलाम मंसुरीको घरमा बालेको घुरबाट अचानक आगो सल्किएर आगलागी भएको थियो ।
आगलागीबाट इसलामको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट हुँदा एक लाख पचास हजार रुपियाँ बराबरको क्षति भएको छ ।
सोही ठाउँका इनुसको जस्ताको छानो भएको कच्ची घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएर दुई लाख पचास हजार र खुदरत मंसुरीको जस्ताको छानो भएको कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट कुल सात लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
आगो नेपाल प्रहरी, दमकल र स्थानिय मानिसहरूको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।