• १३ असार २०८१, बिहिबार

शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’ मा प्रिन्स र बिनाको अभिनय

blog

काठमाडौँ, साउन ३ गते । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ। गीतकार तथा मोडल प्रिन्स लियोको शब्द शृजना रहेको गीतमा नेहर  बुढाथोकीको संगीत रहेको छ। 

पछिल्लो समय नेपाली समाजमा देखिएको  सामाजिक  विकृतिले बिछोडिएको परिवारको दर्दनाक कथालाई मोडलद्वय प्रिन्स लियो र बिना राउतका माध्यमबाट देखाउन खोजिएको छ।

परिवार पाल्नका लागि विदेश हानिएको एउटा युवा पत्नीले गलत निर्णय गरेकै भरमा जागिर  छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेकाको कथामा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ। 

विशाल निरौलाको एरेन्ज रहेको  गीतको भिडियोको सम्पादन र मिलन विश्वकर्माले गर्नुभएको हो। भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो। पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माण  प्रिन्स लियोले गर्नुभएको हो।