• १४ असार २०८१, शुक्रबार

'नेपहपको श्रीपेच'का विजेतालाई नयाँ मुकुट

blog

काठमाडौं, साउन ३ गते । र्‍याप गायनमा आधारित रियालिटी शो 'नेपहपको श्रीपेच'का विजेतालाई नयाँ मुकुट प्रदान गरिएको छ । मंगलवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो । 

कार्यक्रमका निर्णायकसमेत रहनुभएका प्रमुख साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गर्नुभएको छ । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । 

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको पहिलाे र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताउनुभयो । 

यस्तै, अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।