• १६ फागुन २०८२, शनिबार

आमा : माया... (कविता)

blog

छोएर कहाँ अनुभूत हुन्छिन् 

र आमा,  

झर्केर आफू, कहाँ झर्किन्छिन् 

र आमा ?

अथाह त्यो गहिराइ न हो ?

गम्भीर त्यो सागर तल न हो ?

तिमीलाई दिने माया र

वात्सल्यको पहाड हो

नि आमा,

जति पोखिए पनि

छरिन्छिन् अनवरत आमा

परिवारकै प्रेरणाको टाकुरो हो 

नि आमा,

त्यागको सगरमाथा विलयन

उचाइ हो 

नि आमा,

झर्केर आफू, कहाँ झर्किन्छिन् 

र आमा,

छोएर कहाँ अनुभूत हुन्छिन् 

र आमा,  

पीडा– दुस्वप्न सबै बहाइदिन्छिन् भँगालोमा 

आमा ।

सिङ्गो जुनी तिमीलाई बाँधिदिन्छिन् अँगालोमा 

आमा ।