• ३ असार २०८१, सोमबार

एसियन शारीरिक सुगठनमा राजुलाई कांस्य

blog

कांस्य पदकसहित राजु राई । तस्बिर सौजन्य : राखेप

काठमाडौं, साउन २ गते । नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको  ५४औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा कांस्य पदक जित्नुभएको छ । राजुले १७० सेमि सम्मको समूहमा कांस्य जित्नुभएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।

२४ राष्ट्र सहभागि यस स्पर्धामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्नुभयो । यसअघि पनि नेपाली खेलाडीले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । प्रतियोगतामा नेपालबाट राजुसहित सुजिता मानन्धर र उमेश राई पनि सहभागी हुनुहुन्छ ।