• २ असार २०८१, आइतबार

मन्त्री अथकद्वारा मुलपानी क्रिकेट मैदानको अनुगमन

blog

मुलपानी क्रिकेट मैदानको निरिक्षण गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) । तस्बिर : युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, साउन २ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन मैदानको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन पनि दिनुभएको छ । 

आगामी २ वर्षभित्रै सम्पन्न हुनेगरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताउनुभएको थियो । अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी खेलाडीहरुको हौसला समेत बढाउनुभएको थियो ।